April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

केपी ओली गोमन सर्पजस्तो डस्ने मान्छे हुनुहुँदो रहेछः झलनाथ खनाल

काठमाडाैं । प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली रिसइवी साँध्ने व्यक्ति भएको बताएका छन् ।

Advertisement

पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा उनले ओलीलाई गोमन सर्पसँग तुलना समेत गरे ।

गोमन सापलाई कसैले हिर्कायो र भाग्यो भने उसले हिर्काउने मान्छेको तस्बिर दिमागमा राख्ने र मौका पाउँदा ठुङ्ने गरेको उदाहरण दिँदै खनालले ओलीलाई गोमन सर्पसँग तुलना गरेका हुन् ।

तत्कालिन एमालेको आठौँ माहाधिवेशनमा आफू हारेपछि ओलीले प्रतिशोध, इगो र इख पालेको र त्यही कारण नेताहरुमाथि रिसइवी देखाउने गरेको नेता खनालले बताए ।

यो पनि पढ्नुहोस्ः

ओलीले लोकतन्त्रको हत्या गर्नुभयोः प्रचण्ड

ओलीलाई कम्युनिस्ट सिद्धान्त मनपर्दैन, ओलीवाद मात्र मनपर्छ: माधवकुमार नेपाल