March 24, 2023, Friday
१० चैत्र २०७९, शुक्रबार

अवहेलनाको आरोपमा प्रधानमन्त्रीमाथि पुर्जी काट्नुपर्छ– अधिवक्ता त्रिपाठी

काठमाडौं ।   अधिवक्ता दिनेश त्रिपाठीले पुरानो फैसलाको पूर्णपाठ नआउँदै प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर अदालतको अपहेलना गरेको जिकिर गर्नुभएको छ । उहाँले अवहेलनाको आरोपमा प्रधानमन्त्रीमाथि पुर्जी काटिनुपर्ने समेत माग गर्नुभएको छ ।

Advertisement

बिहीबार प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा प्रधानन्यायाधीशको एकल पूर्ण इजलासमा उहाँले भन्नुभयो पुरानो फैसलाको पूर्णपाठ नआउँदै फेरि विघटन गरेर अदालतको अपहेलना प्रधानमन्त्रीबाट भयो । त्यसैले संसद् विघटन नभएको मानेर कामकारवाही सुरू गर्ने आदेश दिनुपर्छ ।’

उहाँले विश्वासको मत गुमाइसकेको व्यक्ति कसरी फेरि प्रधानमन्त्रीमा सिफारिस हुन्छ भन्ने प्रश्न गर्दै पहिले प्रधानमन्त्रीको पद खाली नगरी त्यही पदमा रहेको व्यक्तिलाई सिफारिस गर्नु बदनियत भएको जिकिर गर्नुभयो । यसले कानूनी मान्यता पाउन नसक्ने समेत उहाँको जिकिर थियो ।

‘विश्वासको मत गुमाइसकेको व्यक्ति कसरी फेरि प्रधानमन्त्रीमा सिफारिस हुन्छ ? पहिले प्रधानमन्त्रीको पद खाली गर्नुपर्छ । पद खालि नगरी त्यही पदमा रहेको व्यक्तिलाई सिफारिस गर्नु बदनियत हो । यसले कानूनी मान्यता पाउन सक्दैन’, उहााले बहसका क्रममा भन्नुभयो ।