April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभा विघटन बदरको माग गर्दै सांसदहरु द्वारा सर्वोच्चरीट दायर

काठमाडौं ।  प्रतिनिधिसभा विघटन कानुन विपरीत भएको भन्दै विघटन बदरको माग सहित विपक्षीदलका प्रतिनिधिसभा सदस्य ९सांसद०हरु रीट दायर गर्न सर्वोच्च अदालत पुगेका छन् ।

Advertisement

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदहरु सर्वोच्च अदालत पुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधिसभा विघटन गरेका थिए ।

प्रतिनिधिसभा विघटन कानुन विपरीत भन्दै विपक्षीदलले काग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा वैकल्पिक सरकार गठन गर्ने तयारी समेत थालेका छन् । प्रतिनिधिसभा विघटन बदर र देउवालाई बहुमतको समर्थन भएकोले प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग गर्दै रीट दायर गर्न लागेका हुन् ।

प्रधानमन्त्रीलाई विपक्षी बनाएर रीट दायर गर्न लागेका हुन् ।सो रीटमा संविधानको धारा ७६ को ५ अनुसार प्रतिनिधिसभाका बहुमत सदस्यहरु देउवालाई प्रधानमन्त्री बनाउन तयार रहेकोले वैकल्पिक सरकार गठनको सम्भावना जीवितै रहेको दावी गरिएको छ ।