May 6, 2024, Monday
२४ बैशाख २०८१, सोमबार

महासचिव चयनको अन्यौलले प्रचण्ड-नेपाल समूहको बैठक अनिश्चित

काठमाडौं । महासचिव चयनको छलफल लम्बिएपछि प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक अझै शुरु हुन सकेको छैन ।

Advertisement

बैठकमा सहभागी हुन बिहान ११ बजे देखि नै केन्द्रीय सदस्यहरु बबरहमलस्थित कार्की ब्याङ्क्वेटमा पुगेका थिए । तर ११ बजे पूर्वनिर्धारित बैठक सचिवालय बैठकका कारण १ बजेलाई सारिएको थियो ।

अहिले बबरमहलमा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । महासचिव चयनको प्रस्ताव केन्द्रीय कमिटीमा लगेर छलफल गर्न स्थायी कमिटी बैठक बसेको हो ।

प्रचण्ड-नेपाल समूहको महासचिवमा सुरेन्द्र पाण्डेलाई लैजाने समझदारी भएको जानकारी आएको छ । यद्यपि, भीम रावललगायतका नेताले पनि महासचिवमा दाबी नछाडेपछि महासचिव चयन अन्यौलमा परेको हो ।

नेकपाको विधान संशोधन गरेर दुई महासचिव राख्ने प्रस्ताव समेत आएपनि यस विषयमा निणर्य नभएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।