May 6, 2024, Monday
२४ बैशाख २०८१, सोमबार

निर्वाचन आयोग पुग्यो प्रचण्ड–माधव समूहको जुलुस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका नेताहरु निर्वाचन आयोग गएका छन् ।

Advertisement

प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरुको अगुवाईमा माइतीघर मण्डलाबाट सुरु भएको जुलस निर्वाचन आयोग पुगेको हो ।

यद्यपि प्रहरीले जमलमा जुलुसलाई रोकेको छ । निर्वाचन आयोग परिसर निषेधित क्षेत्र भएको भन्दै प्रहरीले जुलुसलाई अघि बढ्नबाट रोकेको हो ।

जुलुस अघि बढ्न नपाउने भएपछि प्रचण्ड–माधव समूहका शीर्ष नेताहरु मात्र आयोग पुगेका छन् ।