April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

बालुवाटारमा सत्तारूढ दलको समन्वय समितिको बैठक जारी

सत्तारूढ दलहरूको समन्वय समितिको बैठक  बालुवाटार जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा  सुरु भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । सत्तारुढ दलका शीर्ष नेताहरू सहभागी बैठकमा स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई सुझाव दिने तयारी छ । साथै कोरोना नियन्त्रणलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

Advertisement

त्यसबाहेक राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्को गतिरोध अन्त्यका विषयमा छलफल हुने छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा सिफारिस गरेपनि सरकारले ढिलाइ गरेपछि शंसय बढेको छ । प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजिएको आरोप लगाएको छ ।

काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार भेटवार्तापछि राजनीतिक समन्वय समितिको बैठक आजलाई तय भएको हो ।