May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

६७ वर्ष टेके प्रचण्ड

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ६६ वर्ष पूरा भएर ६७ वर्षमा लागेका छन ।

Advertisement

वि.सं. २०११ साल मंसिर २६ गते जन्मिएका प्रचण्ड बिहीवारबाट ६७औं वसन्तमा प्रवेश गर्न लागेका हुन् ।

दाहाल विसं २०११ मंसिर २६ गते कास्कीको ढिकुरपोखरी गाविस वडा नं २ लेवाडेमा जन्मिएका हुन् ।पिता मुक्तिराम र माता भवानीका जेठो छोरा प्रचण्डले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमै लिए ।

उनले २०२६ मा चितवनको नारायणी विद्या मन्दिर मावि शिवनगरबाट एसएलसी उत्तीर्ण भई २०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आईएससी पूरा गरी २०३१–२०३३ मा रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी र एमपीएसम्मको अध्ययन गरेका छन् ।

कक्षा १० माअध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गरेका प्रचण्डको विसं २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम थियो ।

लामो समय अर्धभूमिगत राजनीति गरेका प्रचण्डले भूमिगत माओवादी आन्दोलनको नेतृत्व गरेका थिए ।

२०६५ र २०७३ सालमा गरी प्रचण्ड दुईपटक देशको प्रधानमन्त्री समेत बनिसकेका छन् ।

उनको जन्मदिनको अवसरमा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभचिन्तक ले सामाजिक सञ्जालमा प्रचण्डलाई शुभकामना दिएका छन् ।