April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

देउवा र ओलीलाई प्रचण्डको प्रस्ताव, एमसीसीलाई चुनावसम्म स्थगित गरौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) चुनाव पछाडि मात्र अगाडि बढाउन प्रतिपक्षसमेत भएर प्रस्ताव गर्न आग्रह गरेका छन् ।

Advertisement

आइतबार बालुवाटारमा भएको प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा प्रचण्डले प्रतिपक्षी दलको समेत सहमतिमा चुनावपछि एमसिसी अघि बढाउँछौं भनेर एमसिसीलाई भन्नुपर्ने प्रस्ताव राखेको छलफलमा सहभागी एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए।

ओलीसँग भएको छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी अगाडि बढाउन सहयोग मागेका थिए । तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाई चुनावसम्म स्थगित गर्ने प्रस्ताव गरे । प्रचण्डको प्रस्ताव देउवा र ओलीले भने कुनै टिप्पणी गरेनन्।

‘प्रधानमन्त्रीको धारणा एमसीसीलाई अगाडि बढाउनुपर्छ भन्ने थियो,’ पोखरेलले संवाददाताहरुसँग भने, ‘प्रचण्डको धारणा पनि प्रतिपक्षले संसद खोलोस् र चुनावपछि मात्रै एमसीसीबारे विचार गर्ने कुरा प्रतिपक्षसहित प्रस्ताव गरौं भन्ने कुरा राख्नुभयो ।’

एमसीसीबारे अध्यक्ष ओलीले बैठकमा राखेको भनाइबारे पोखरेलले भने, ‘सरकारले आफ्नो धारणा स्पष्ट बनाएपछि राष्ट्रिय मामिलामा कुनै पनि विषयमा अनिर्णित हुँदैनौं । सत्ता पक्ष पनि अनिर्णित भएर बस्नु हुँदैन भन्ने कुरा राखेका छौं ।’