May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

राष्ट्रिय समस्या समाधानका लागि गरिएको कूटनैतिक पहललाई उछाल्नुको अर्थ छैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को सचिवालयले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डको हस्ताक्षरसहित अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)लाई लेखेको पत्रलाई अनावश्यक रुपमा उछालेको भन्दै स्पष्टीकरण दिएको छ । एमसीसीबारे गरिएको पत्राचारलाई राष्ट्रिय समस्या समाधानका लागि गरिएको कूटनीतिक पहल भन्दै त्यसको विरोध गर्नुको अर्थ नरहेको बताउदै प्रचण्डको सचिवालयले एक वक्तव्य जारी गर्दै भनेको छ, ‘यही वस्तुगत अवस्थालाई मध्यनजर गर्दै राष्ट्र हितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कुटनीतिक पहललाई गलत रूपमा ब्याख्या गर्नु र अनावश्यक रुपमा उछाल्नुको कुनै अर्थ छैन ।’

सचिवालयले भनेको छ ‘देशमा एकातिर एमसीसी बारे राजनैतिक वृत्त, बुद्धिजीवी, प्रेस देखी जनस्तरसम्म विरोध र दवावको अवस्था विधमान रहनु र अर्कोतिर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एमसीसी बारे गठन गरेको कार्यदलले पनि यसलाई ‘परिमार्जन बिना पारित गर्न नसकिने’ निचोड प्रस्तुत गरेकोले समेत गठबन्धनभित्रै यसबारे एउटै मत बनिहाल्ने अवस्था थिएन,’ , ‘यही वस्तुगत अवस्थालाई मध्यनजर गर्दै राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कूटनैतिक पहललाई गलत रूपमा ब्याख्या गर्नु र अनावश्यक रुपमा उछाल्नुको कुनै अर्थ छैन् ।’

Advertisement