May 6, 2024, Monday
२४ बैशाख २०८१, सोमबार

नेकपाका ४४१ केन्द्रीय सदस्यमध्ये ओलीको भेलामा १२४, प्रचण्ड-नेपालको भेलामा ३१५ जना उपस्थित; बामदेव र बादल कतै गएनन्

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षले बोलाएको छुट्टाछुट्टै केन्द्रीय सदस्य भेलामा अनौठो समीकरण देखिएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष खड्गप्रसाद ओलीले बालुवाटारमा केन्द्रीय सदस्य बैठक बोलाएका थिए भने अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले र वरिष्ठ नेता माधवकुमार नेपालले बबरमहलमा केन्द्रीय सदस्य बैठक राखेका थिए ।

Advertisement

प्रचण्ड(नेपाल समूहले बबरमहलस्थित कार्की ब्यांक्वेटमा बोलाएको बैठकमा ३१५ जना केन्द्रीय सदस्य उपस्थित थिए । प्रचण्डले यकिन संख्या किटेर बताउन नसकेपनि ३१० जनाभन्दा केन्द्रीय सदस्यले सहभागी भएर हस्ताक्षर गरेको बताएका थिए ।

यस्तै, प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको बैठकमा भने १२४ जना केन्द्रीय सदस्यमात्र उपस्थित थिए ।

नेकपाका उपाध्यक्षसमेत रहेका बामदेव गौतम तथा ओलीको मन्त्रीपरिषद्का गृहमन्त्री रामबहादुर थापा बादल भने दुवै बैठकमा सहभागी भएनन् । उनीहरु दुईले भैंसेपाटीमा छुट्टै भेटघाट गरेर पार्टी एकता कायम राख्ने विषयमा विमर्श गरेका जानकारी दिएका छन् ।