April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

कञ्चनपुरमा नेकपाका दुई समूहबीच कुटाकुट

कञ्चनपुर । कञ्चनपुरमा नेपाल कम्युनिस्ट पार्टीका दुई पक्षबीच कुटाकुट भएको छ । नेकपाको जिल्ला कार्यालय महेन्द्रनगरमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले लगाएको ताला प्रचण्ड–नेपाल पक्षले खोल्न खोजेपछि हातहालाल भएको थियो ।

Advertisement

ताला खोल्ने क्रममा भीडमा एकअर्कालाई धकेलाधकेल गरेपछि विवाद सुरु भएको थियो । प्रचण्ड(नेपाल पक्षका नेता तारा तामाङले भने आवेशमा आएका कार्यकर्ताहरूबीच सामान्य विवाद भएको बताएका छन् ।

ओली पक्षका एक नेताले नेकपा विभाजनतिर गएपछि न्यायालयले यसबारे प्रस्ट निर्णय नदिएसम्म कुनैपनि कार्यक्रम हुन नदिने बताएका छन् । उनले तारा लामा तामाङको नेतृत्वमा ताला लगाउन लागेको सूचना पाएपछि पहिले नै आफूहरूले ताला लगाउनु परेको बताएका छन् ।

प्रचण्ड(नेपाल पक्षका एक नेताले भने प्रहरीको सहयोगमा केपी ओली पक्षकाले ताला लगाएको आरोप लगाएका छन् । उनले तत्काल ताला खोल्नुपर्ने माग समेत राखे ।

थप विवाद बढ्न नदिन अहिले पार्टी कार्यालय परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले जानकारी दिए ।