April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

सर्वोच्च अगाडी नेविसंघको प्रदर्शन, प्रदर्शनकारी प्रहरीद्वारा पक्राउ

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताहरुले प्रतिनिधि सभा विघटनको विरुद्धमा सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका छन् ।

Advertisement

नेविसंघको झण्डा र प्लेकार्डसहित सर्वोच्चको गेटअगाडि नाराबाजी गर्ने नेविसंघ कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुले संसद विघटनको कदम असंवैधानिक भएको भन्दै तथा सर्वोच्चलाई निष्पक्ष रहन दबाब दिने किसीमका नाराबाजी गरेका थिए ।

उनीहरुले सर्वोच्च अदालत, हामी नजिकबाट नियालीरहेका छौं, असंवैधानिक कदम खारेज गर लगायत लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।