May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

ओलीले लात हानेपछि प्रचण्डलाई ठिक भएको छ: शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पटकपटक प्रधानमन्त्री बनाउन खोजे पनि नसकिएको बताएका छन्। सभापति देउवाले २०७४ को निर्वाचनपछि आफुले प्रचण्डलाई गरेको आग्रह नमान्दा अहिले उनलाई केपी शर्मा ओलीले लात हानेको बताएका छन् ।

Advertisement

काठमाडौंमा आज भएको निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा बोलेका देउवाले भने, ‘प्रचण्डलाई धेरैपटक प्रधानमन्त्री बनाउन खोजेको होइन हामीले? तपाईंहरूलाई थाहा छ नि,’ अहिले म आफु प्राइमिनिस्टर हुन चाहेको पनि छैन । जो सुकै होस्’, सभापति देउवाको भनाई छ । देउवाले भने, ‘खुट्टै नटेक्ने मान्छे। ओलीले लात हानेपछि ठिक भएको छ।

’देउवाले भने, ‘मैले प्रचण्डलाई तपाई नै प्रधानमन्त्री बन्नु भनेको हो तर उनी उता गइदिए । तपाई नै प्रधानमन्त्री बन्नु मान्छु भनेको हो मैले । बल्ल थाहा पाए प्रचण्डले अहिले आएर ।’उनले ओलीलाई हटाउन खोजे पनि संख्या नपुगेको बताए। आफू प्रधानमन्त्री हुन नचाहेको र संख्या नपुग्ने खेलमा नलाग्ने पनि उनको भनाइ छ। जसलाई प्रधानमन्त्री बनाए पनि आफू तयार रहेको उनले बताए।

उनले अहिले पनि काँग्रेसले वास्तै गरेन भन्या भएर शुक्रबार बैठक बोलाएको बताए । सभापति देउवाले सरकार गठनमा काँग्रेसले नेतृत्व नलिएको भनेर विरोध वा टिप्पणी गर्नुपूर्व संसदमा काँग्रेसको उपस्थितिलाई बुझ्न आग्रह समेत गरे । ‘प्रधानमन्त्री बनाउन सक्ने संख्या हाम्रो पुगेन । पार्लियामेन्ट हाम्रो संख्या नपुगेर हामीले बोलाउन सकेनौ । यो वास्तविकतालाई बुझ्नु पर्यो सबैले’, देउवाको भनाइ छ ।