April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

प्रतिनिधिसभा विघटन विरुद्धमा परेको ३० वटा मध्ये आज १९ वटा रिटहरुको सुनुवाई हुने

काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गर्नुभएको प्रतिनिधिसभाको विरुद्धमा परेको ३० वटा मध्ये आज १९ वटा रिटहरुको सुनुवाई हुने भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेकोलगायत रिटमा सर्वोच्चले आजदेखि सुनुवाइ गर्ने भएको छ । १४६ जना सांसदसहित कांग्रेस सभापति देउवा पनि रिट लिएर सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो । सर्वोच्चका अनुसार आजदेखि १९ रिटमा सुनुवाइ हुनेछ । यस्तै शुक्रबार बाँकी ११ रिटको सुनुवाइ हुनेछ जुन संवैधानिक बेञ्चमा सुनुवाइको माग गरिएका रिट हुन् ।

सर्वोच्चमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिनुपर्नेमा पनि रिट परेका छन् । प्रतिनिधि सभा पुनर्स्थापना भए पनि ओलीलाई नै निरन्तरता दिनुपर्ने मागसहित ४ रिट परेका थिए ।

Advertisement