April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

गणतन्त्रका विरोधीहरूबाट यसको मूल्यमान्यतामाथि निरन्तर प्रहार भइरहेको छ: अध्यक्ष प्रचण्ड

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रका विरोधीहरूबाट यसको मूल्यमान्यतामाथि निरन्तर प्रहार भइरहेको बताउनुभएको छ ।

Advertisement

गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै दाहालले प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै नसक्ने बताउनुभएको हो । उहाँले गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामी तत्त्वविरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरूबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य भएको बताउनुभएको हो ।


‘नेपाली जनताको ठूलो त्याग र बलिदानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो,’ उहाँल भन्नुभएको छ , ‘पारस्परिक सम्मान, सहअस्तित्व र सहभागितामूलक राजनीतिले नै मुलुकको सर्वाङ्गीण विकास सम्भव हुन्छ।’


दाहालले स्वास्थ्यकर्मीमाथि संघातिक आक्रमण, विद्युत आपूर्ति नहुँदा कोरोना संक्रमितले ज्यान गुमाएको घटनाप्रति सरकारलाई ध्यनाकर्षण पनि गराएका छन्। ‘यसप्रकारका घटनाको निन्दा र भर्त्सना गर्दै अस्पताल क्षेत्रको सुरक्षा र अत्यावश्यक सामग्रीको आपूर्तिका लागि हाम्रो पार्टी सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ,’ शुभकामना सन्देशमा भनिएको छ।