May 8, 2024, Wednesday
२६ बैशाख २०८१, बुधबार

प्रचण्ड र देउवावीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  र  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवावीच भेटवार्ता भएको छ । देउवा निवास बुढानिलकण्ठमा पुगेर प्रचण्डले देउवासँग भेटवार्ता गर्नुभएको हो ।

मंगलबार दिउँसो देउवालाई भेट्न प्रचण्ड बुढानिलकण्ठ पुग्नुभएको थियो । उहाँहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको देउवाको सचिवालय स्रोतले बताएको छ। प्रचण्डले जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग पनि आजै भेट गर्नुभएको छ ।

Advertisement