May 8, 2024, Wednesday
२६ बैशाख २०८१, बुधबार

प्रचण्ड–नेपाल समूह एमाले र माओवादी केन्द्रकै रूपमा अघि बढ्ने

काठमाडौं ।   पहिले (साविक) को नेकपाको प्रचण्ड–नेपाल समूह एमाले र माओवादी केन्द्रकै रूपमा अघि बढ्ने भएको छ । सोमवार बसेको स्थायी कमिटीको बैठकले एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने निर्णय गरेको हो ।

अब प्रचण्ड नेपाल समूहमा रहेका पूर्वएमालेका नेताहरू एमालेमै फर्कने भएका छन् भने माओवादी केन्द्रका नेताहरू माओवादी केन्द्रमै फर्कने भएका छन् ।

सोमवार चार घण्टा पेरिसडाँडामा बसेको स्थायी बैठकले सर्वोच्च अदालतको आदेशअनुसार अब पूर्व पार्टीमै फर्कने निर्णय गरेको हो । पूर्वएमालेका नेताहरूले अब एमालेमै फर्केर अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सङ्घर्ष गर्ने बताएका छन् ।

Advertisement