May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

ओलीले लोकतन्त्रको हत्या गर्नुभयोः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु भनेको लोकतन्त्रको हत्या गरे सरह भएको बताएका छन् ।

Advertisement

संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेर ओलीले गण्तन्त्र धराप पारेको पनि प्रचण्डले प्रतिक्रिया दिएका छन् । शुक्रबार प्रचण्ड-नेपाल समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘निर्ममतापूर्वक लोकतन्त्रको हत्या गर्न खोजिएको छ,’ प्रचण्डले भने, ‘संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर असंवैधानिक र निरंकुशताको संकेत दिँदै प्रतिनिधिसभा विघटन गरिएको छ। कुनैबेला गणतन्त्र असम्भव छ भन्ने हाम्रा प्रधानमन्त्रीले आफैं गणतन्त्र धरापमा पार्ने कामको पहल गर्नुभयो।’

प्रतिनिधिसभा विघटनविरूद्ध अदालतमा मुद्दा रहेको भन्दै अदालतले प्रतिनिधिसभा विघटन असंवैधानिक छ भन्ने फैसला गर्नेमा पनि उनले विश्वास व्यक्त गरेका छन् ।

उनले आज प्रधानमन्त्रीको कदमविरूद्ध प्रदर्शन गरेको उल्लेख गर्दै अझै सशक्त आन्दोलनमा जानुपर्ने अवस्था रहेको जिकिर गरेका छन् । आन्दोलनलाई थप प्रभावकारी बनाउन नेपाली कांग्रेस र जसपासँग सहकार्य गरी संयुक्त रूपमा आन्दोलनमा जाने पनि उनले बताएका छन् ।

यो पनि पढ्नुहोस्ः

ओलीलाई कम्युनिस्ट सिद्धान्त मनपर्दैन, ओलीवाद मात्र मनपर्छ: माधवकुमार नेपाल

केपी ओली गोमन सर्पजस्तो डस्ने मान्छे हुनुहुँदो रहेछः झलनाथ खनाल