May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

माओवादीको महाधिवेशनमा एमाले अध्यक्ष ओली उपस्थित नहुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित हुन नसक्ने बताएका छन् । अध्यक्ष ओलीले आफू झापामा रहेकाले आउन नसक्ने अध्यक्ष प्रचण्डलाई बताएका हुन् ।

Advertisement

अध्यक्ष प्रचण्डले उदघाटन समारोहमा निम्तो गर्न ओलीलाई फोन गरेका थिए । तर ओलीले आफू आउन नसक्ने र महासचिव शंकर पोखरेललाई पठाउने बताएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

एमालेले चितवनमा आयोजना गरेको १० राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा माओवादी अध्यक्ष प्रचण्ड गएका थिएनन् । माओवादीले स्थायी कमिटी सदस्य लिलामणि पोखरेललाई पठाएको थियो ।

माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उदघाटन आज अपराह्न ३ बजे प्रज्ञा भवन कमलादीमा हुँदै छ । उदघाटन समारोहमा सहभागी माओवादीले कांग्रेस, एमालेसहित ११ राजनीतिक दलका नेताहरुलाई निम्तो दिएको छ ।

यसअघि माओवादीले राष्ट्रिय सम्मेलन गर्ने भनेको थियो । तर अन्तिम समयमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय पनि माओवादी केन्द्रले गरेको छ ।