May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

पीसीआर परीक्षणमा तोकेको भन्दा बढी शुल्क लिने, निजी प्रयोगशालालाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पीसीआर परीक्षणका लागि तोकेको भन्दा धेरै शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

सरकारले पीसीआर परीक्षणका लागि दुई हजार रुपैयाँ शुल्क निर्धारण गरे पनि केही निजी प्रयोगशाला तथा अस्पतालले धेरै शुल्क लिइरहेका छन् ।सरकारले तोकेको भन्दा धेरै शुल्क लिने निजी प्रयोगशाला र अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बतायका छन।

Advertisement