May 6, 2024, Monday
२४ बैशाख २०८१, सोमबार

संसद विघटन गरेपछि प्रधानमन्त्री र निर्वाचन आयोगका अधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया र आयुक्तहरूसँग मध्यावधी निर्वाचनका बारेमा छलफल गरेका छन् ।

Advertisement

प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधी निर्वाचन घोषणा गरेका प्रधानमन्त्रीले निर्वाचन आयोगका अधिकारीहरूसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार छलफलमा सरकारले तोकेको निर्वाचनबारे छलफल गरिएको हो । प्रधानमन्त्रीले निर्वाचन आयोगका प्रमुख र सदस्यहरूसँग नयाँ निर्वाचन सम्बन्धमा आइतबार दिउँसो बालुवाटारमा छलफल गर्नुभएको छ, थापाले बताएका छन् ।

छलफलमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री लेखराज भट्ट, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतको उपस्थिति थियो ।