May 6, 2024, Monday
२४ बैशाख २०८१, सोमबार

प्रचण्ड-नेपाल निकट ७ जना मन्त्रीद्वारा सामूहिक राजीनामा

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।

Advertisement

राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री बिना मगर र श्रममन्त्री रामेश्वर राय यादव रहेका छन् ।

प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटन गर्ने सिफारिसमा राष्ट्रपतिले अनुमोदन गरेपछि प्रचण्ड-नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

यस्तै, प्रचण्ड-नेपाल समूहका ९० भन्दा बढी सांसदहरुले संसद विघटनको सिफारिस गर्नु अगावै प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ता गरेको पनि बताइएको छ ।

राजीनामामा पूर्व माओवादी खेमाका दुई मन्त्री रामबहादुर थापा बादल र लेखराज भट्टको नाम भने सामेल छैन ।

यो पनि पढ्नुहोस्:


राष्ट्रपतिबाट संसद विघटन गर्ने सिफारिस अनुमोदन,दुई चरणमा निर्वाचन घोषणा हुने

संसद विघटन प्रकरणः विघटन अगावै दर्ता भएको थियो प्रधानमन्त्री ओलीमाथि अविश्वासको प्रस्ताव

संसद विघटन भएसँगै सभामुख विशेषाधिकार प्रयोगका लागि छलफलमा

घण्टौ सोचविचारपछि बोले बामदेव, प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदम गलत