May 6, 2024, Monday
२४ बैशाख २०८१, सोमबार

संसद विघटन भएसँगै सभामुख विशेषाधिकार प्रयोगका लागि छलफलमा

काठमाडौं । सरकारले संघीय संसद विघटन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटा विशेषाधिकार प्रयोग गर्न मिल्ने वा नमिल्ने विषयमा संविधानविद र कानूनविदहरुसँग छलफलमा जुटेका छन् ।

Advertisement

सभामुख सापकोटा हाल संसदमा रहेका दलहरु, संविधानका विज्ञ र सांसदहरुसँग छलफल गरिरहेको सभामुख निकट स्रोतले जनाएका छन् । संसदमा रहेका दल र सांसदहरुले संविधानको धारा १०३ प्रयोग गर्ने प्रस्ताव ल्याएमा के गर्ने भन्ने विषयमा छलफल भइरहेको सचिवालय स्रोतले बताएको छ ।

नेपालको संविधानको धारा १०३ मा संसदको विशेषाधिकार सम्बन्धी व्यवस्था छ । ‘यस संविधानको अधिनमा रही संघीय संसदको प्रत्येक सदनलाई आफ्नो काम कारबाही र निर्णय गर्ने पूर्ण अधिकार रहनेछ र सदनको कुनै कारबाही नियमित छ वा छैन भनी निर्णय गर्ने अधिकार सम्बन्धित सदनलाई मात्र हुनेछ । यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाइने छैन’, संविधानको धारा १०३ को उपधारा २ मा भनिएको छ ।

सभामुखले संविधानमा उल्लेखित विशेषाधिकार प्रयोग गर्न सक्ने वा नसक्ने, कुन अवस्थामा सक्ने वा सभामुखले यो अधिकार प्रयोग गरेर अधिवेशन नै आह्वान गरेको अवस्थामा अदालतमा मुद्दा परे के हुन्छ ? भन्ने जस्ता विषयलाई सभामुखले विशेष चासो राखेर संविधानविद र कानूनविदहरुसँग छलफल गरिरहेका छन् ।