April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन दुवै सदनका विपक्षीद्वारा माग

पौष २४ । अमेरिकी कङ्ग्रेसको दुवै सदनका विपक्षीहरूले राष्ट्रपति डोनल्ड ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन माग गरेका छन् । अमेरिकी संसद् भवनलाई ट्रम्पका समर्थकहरूले हिंसात्मक तवरले बुधवार कब्जा गरेपछि विपक्षीहरूले यस्तो आह्वान गरेका हुन् । डेमोक्र्याटिक सिनेटर चक सुमरले ट्रम्पलाई तुरुन्तै हटाउनुपर्ने बताएका छन् भने सभामुख न्यान्सी पेलोसीले यदि उनलाई नहटाइए उनीमाथि महाअभियोग लगाउन सकिने समेत जनाएकी छन् ।

हालै भएको झडपमा परेर चार जनाको निधन भएको छ भने अहिलेसम्म ६८ जना पक्राउ परेका छन् । प्रहरीको कारबाही व्यापक छानबिनको दायरामा आएको छ । प्रहरी अधिकारीहरूले दङ्गा भड्काउनेहरूलाई नियन्त्रण गर्न नसकेकोमा व्यापक आलोचना खेपिरहेका छन् । हाउस अफ रेप्रिजेन्टेटिभ्सको सुरक्षामा जिम्मेवार सुरक्षा प्रमुखले राजीनामा दिएका छन् । सुमरले सिनेटका सुरक्षा प्रमुखलाई पनि हटाउनुपर्ने जोडदार माग गरेका छन् ।-एजेन्सी

Advertisement