May 6, 2024, Monday
२४ बैशाख २०८१, सोमबार

‘कोरोनाले मान्छे मरेर सेतो कात्रो ओढाएको बेलामा रातो झण्डा लिएर भोट माग्न जाने ?’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक जारी छ । परिवर्तित राजनीतिक परिस्थितिबारे आफुहरु गम्भिर छलफल र विमर्शमा रहेको कांग्रेसले बताएको छ ।

Advertisement

बैठकबारे जानकारी दिँदै प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘पछिल्लो समय मुलुकको राजनीति तातेको छ । संसद् विघटनपछि संविधान र राज्य प्रणालीमै प्रश्न उठेको छ । गम्भीर विषय भएकाले केन्द्रीय सदस्यहरुलाई धारणा राख्न यथेष्ट समय दिइएको छ ।’

प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक र निरंकुश रहेको दोहोर्याउँदै प्रवक्ता शर्माले नेकपा सरकारले नागरिकको अपेक्षा खण्डित गरेको बताए ।

‘संविधानमा विघटन गर्ने अधिकार थिएन। घरभित्रको झगडा नसुल्झाई मुलुकलाई अँध्यारो सुरूङमा जाक्ने प्रयास भएको छ । कोरोनाका कारण मानिस मरेर सेतो कात्रो ओढ्नुपरेको बेलामा प्रधानमन्त्रीले भने रातो झण्डा लिएर भोट माग्न जाने यत्न गर्नुभयो,’ उनले भने ।

हालको अवस्थामा प्रमुख प्रतिपक्षको हैसियतले कांग्रेस बैठकले के निणर्य गर्छ भन्ने विषयमा सबैको चासो रहेको छ । त्यसलाई सकार्दै प्रवक्ता शर्माले गम्भीर र संयम भएर छलफल गरी निष्कर्ष निकाल्ने बताएका छन् ।

‘बैठक केही दिनसम्म चल्छ । मुलुकलाई मार्गप्रशस्त गर्ने निणर्य हुन्छ,’ शर्माले भने ।