April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

पार्टी भनेको एमाले र काँग्रेस हुन्, अरु त पानीका फोका जस्तै- अध्यक्ष केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजनीतिक पार्टी भनेको नेकपा एमाले र नेपाली कांग्रेसमात्र रहेको बताएका छन् । एमाले प्रमुख पार्टी भएको र कांग्रेसलाई सही बाटोमा ल्याउनु एमालेको दायित्व रहेको समेत ओलीले बताए ।

Advertisement

वागमती प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफू कांग्रेस महाधिवेशनमा शुभकामना दिन जान लागेको र उसलाई सही बाटोमा हिँड्न सम्झाउने समेत बताए । ओलीले एमाले र कांग्रेसबाहेक अरु पार्टीको औचित्य नरहेको र उनीहरु पृथ्वीको वरिपरि घुम्ने स्याटेलाइनजस्तै रहेको बताए । अहिले केही पार्टी कांग्रेसको स्याटेलाइटका रुपमा रहेको भन्दै प्रचण्ड माधव पक्षमाथि व्यं’ग्य समेत गरे ।

ओलीले भने, ‘कांग्रेस पूरानो पार्टी हो । त्यसलाई लोकतान्त्रिक मूल्य मान्यतामा हिडाउने कोशिस गर्नु हाम्रो कर्तव्य हो । नत्र एमाले एक्ल हुन्छ । अरु त राजनीतिक पार्टी नै होइनन,पृथ्वीका वरिपरि घेरै स्याटेलाइट हुन्छन् तर ती स्टार होइनन् । साथै ओलीले भने नेपालमा नियन्त्रित अराजकता फैलाउन नदिने बताए। बागमती प्रदेश सङ्गठन कमिटीद्वारा आज आयोजित एमालेका नवनिर्वाचित पदाधिकारी, केन्द्रीय सदस्यलगायतलाई शुभकामना तथा बधाई कार्यक्रममा उहाँले मुलुकमा नियन्त्रित अराजकता फैलाउन एमालेले नदिने स्पष्ट पारे । उनले एमालेले स्थायित्व, स्थिरता र शान्तिका लागि काम गर्ने बताए।

अध्यक्ष ओलीले पार्टीले मात्र राष्ट्रिय र एकता जोगाउने जिकिर गरे। “राष्ट्रिय एकता जोगाउन राष्ट्रिय एजेण्डा, विचार दृष्टिकोण र उद्देश्य हुनुपर्दछ” उनले भने “राष्ट्रिय समस्या पहिचान नगरी राष्ट्रिय र एकता जोगाउन सकिन्न ।”

उनले अगाडि भने कुनै कमिटीमा छानेर नेता हुने भ्रम पनि नराख्न आग्रह गरे । “पार्टी चोइटिएपछि पार्टी अध्यक्ष भइहालिन्छ । अध्यक्ष, उपाध्यक्षजस्ता पद प्राप्त गर्ने कुरा ठूला होइनन्” उनले भने, “नेताको आनीबानी, अरुसँग गर्ने व्यवहारले पनि नेतालाई स्थापित गर्दछ ।”

कार्यक्रममा एमालेका महासचिव शङ्कर पोखरेलले चितवनमा सम्पन्न भएको पार्टी महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाएको बताए । भोलिदेखि शुरु हुने पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकले पार्टीको आगामी रणनीति र कार्यभार बनाउनेसमेत बताए ।