May 6, 2024, Monday
२४ बैशाख २०८१, सोमबार

बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव; तीन मन्त्रीद्वारा राजीनामा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ४५ जना सांसदको हस्ताक्षरसहित शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भएको सांसद सालिकराम जमरकट्टेलले जानकारी दिएका छन् । अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने उनीहरुको माग रहेको छ ।

अविश्वास प्रस्ताव दर्ता भएसँगै वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूणप्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका छन् ।

मुख्यमन्त्रीकै कारण प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्ने निष्कर्ष निकाल्दै तीन मन्त्रीले राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा प्रतिनिधि सभा विघटन गरेपछि त्यसको असर प्रदेशमा पनि देखिन थालेको हो ।

नेकपा ओली तथा पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहमा विभाजन भएपछि मुख्यमन्त्री पौडेल अल्पमतमा परेका थिए ।