April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

प्रतिनिधि सभा विघटनबारे संवैधानिक इजलास हुँदै

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका सबै रिटहरुमाथि संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाई भइरहेको छ । आज रिटकर्ताहरुको तर्फबाट बहस हुनेछ ।

Advertisement

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अध्यक्ष रहेको इजलासमा शुरु भएको बहसमा भाग लिन वरिष्ठ अधिवक्ताहरु सर्वोच्च अदालत पुगेका छन् । दुवै पक्षका बहस सुन्नुपर्ने हुँदा सुनुवाई केही दिन लम्बिन सक्ने छ ।

प्रधानन्यायाधीश राणाले न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई संवैधानिक इजलास तोकेका थिए । न्यायपरिषद्को सिफारिसमा परेका १४ जना न्यायाधीशमध्येबाट प्रधानन्यायाधीश राणाले चार जनालाई चुनेका हुन् ।

प्रतिनिधि सभा विघटन संवैधानिक विषय बनेकाले यसको टुंगो लगाउन संवैधानिक इजलासमा पठाउने राणाको एकल इजलासले बुधबार आदेश दिएको थियो ।