May 8, 2024, Wednesday
२६ बैशाख २०८१, बुधबार

अब छिटै नयाँ सरकार बन्दैछ–अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसको निर्णयसँगै अब छिटै नयाँ सरकार बन्ने दाबी गर्नुभएको छ ।

कपिलवस्तुमा भएको कार्यक्रममा प्रचण्डले नेपाली कांग्रेसले निर्णय गर्न ढिलाइ गर्दा प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न र समर्थन फिर्ता लिन समस्या भए पनि हिजो कांग्रेसले ओलीको राजीनामा माग्ने निर्णय गरेसँगै छिटै नयाँ सरकार बन्ने पक्का भएको बताउनुभयो ।

उहाँले आफूले नयाँ सरकारको लागि आजैदेखि बैठक र छलफल थालिहाल्ने पनि बताउनुभएको छ । हिजो र आजको राजनीतिले कोल्टे फेर्दा नयाँ सरकारको बाटो खुलेको प्रचण्डको भनाइ छ । ‘तपाईंरुलाई बधाई छ, सम्भवतस् छिटै नयाँ सरकार बन्दैछ, नयाँ परिस्थिति बन्दैछ’, प्रचण्डले भन्नुभयो ।

Advertisement