May 8, 2024, Wednesday
२६ बैशाख २०८१, बुधबार

नेकपा संसदीय दल औपचारिक विभाजन,प्रचण्ड संसदीय दलको नेता

काठमाडौं । प्रचण्ड-माधव नेपाल पक्षीय नेकपाले संसदीय दल औपचारिक रुपमा विभाजन गरेको छ । प्रचण्ड–माधव समूहले बोलाएको संसदीय दलको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन र प्रधानमन्त्री केपी ओली, उपनेता सुवास नेम्वाङ र सचेत शान्ता चौधरीमाथिको कारबाहीलाई अनुमोदन गरेसँगै नेकपाको संसदीय दल औपचारिक रुपमा विभाजित भएको छ।

प्रचण्ड यसअघि पुस ८ गते पनि दलको नेता चयन भएका थिए । तर, सर्वोच्च अदालतको फैसलाले पुस ५ पछिका सबै कार्यलाई शून्यअवधि मानेकाले वैधानिकताका लागि पुनः दलको नेता चयन गरिएको एक सांसदले बताए ।

प्रचण्ड–माधव समूहको संसदीय दलको बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद गरी १११ जना सहभागी भएका थिए ।योगेश भट्टराईसहित ४ जना भने विभिन्न कारणले शुक्रबारको बैठकमा सहभागी हुन नपाएको यो समूहले जनाएको छ ।

Advertisement