April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

देउवा, प्रचण्ड र माधव बीच छलफल, देउवाले बोलाए पार्टी पदाधिकारी बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर छलफल गर्नुभएको छ ।

Advertisement

बुधबार दिउँसो २० मिनेट देउवाको निवास बुढानिलकण्ठमा उहाँहरूबीच छलफल भएको हो। भानु देउवाका अनुसार विकसित राजनीतिक घटनाक्रम र अब कसरी अगाडि जाने भन्नेबारे सभापति देउवासँग प्रचण्ड–नेपालको छलफल केन्द्रीत रह्यो।

‘आ–आफ्नो पार्टीमा छलफल गरेर अगाडि बढ्नेबारे कुरा भएको छ,’ देउवाले भन्नुभयो, आन्तरिक छलफल गरेर फेरि बैठक गर्ने सहमति उहाँहरूबीच भएको छ। प्रचण्ड–नेपालले समझदारी गरेरै अगाडि जानेबारे देउवासँग कुराकानी गर्नुभएको थियो ।

देउवाले पार्टीमा छलफल गरेपछि मात्रै आफू निर्णयमा पुग्ने बताउनु भएको छ । सभापति देउवाले पार्टी पदाधिकारी बैठक पनि बोलाएका डाक्नुभएको छ । बिहीबार अपरान्ह ३ बजे पदाधिकारी बैठक बोलाइएको छ।

यता प्रचण्ड नेपाल पक्ष पनि आन्तरिक छलफलमा जुटेको छ। पेरिसडाँडामा स्थायी कमिटीको अनौपचारिक बैठक बसेको छ भने आजै अपरान्ह ४ बजे संसदीय दलको पनि बैठक बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए।

उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै कांग्रेस र नेकपाका प्रचण्ड-नेपाल पक्ष आन्दोलनमा थियो। मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको कदमलाई बदर गरिदिएको थियो। प्रतिनिधि सभा पुनर्स्थापनासँगै अब बन्ने नयाँ सरकारको पनि चर्चा भएको छ।