May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

राष्ट्रिय सहमतिबाट अगाडि नगइकन यो देशले शान्ति, स्थीरता र प्रगति पाउदैन – अध्यक्ष प्रचण्ड

काठमाडौं । संसद पुनर्स्थापनासँगै दलहरु आन्तरिक रणनीतिमा जुटेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले केन्द्रीय समितिको बैठक आह्वान गर्ने तयारी गरेको छ भने नेकपा प्रचण्ड- माधव नेपाल समूहले संसदीय दलको बैठक बोलाएको छ ।

Advertisement

यस्तै नेकपा ओली समूहले स्थायी कमिटी बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्दैछ । सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई संवैधानिक ठहर गर्दै १३ दिनभित्र संसद बैठक आह्वान गर्न आदेश दिएपछि नयाँ सत्ता समीकरणबारे चासो बढेको छ ।

यसैक्रममा नेकपा अध्यक्ष प्रचण्ड र नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानी गर्नुभएको छ । यद्यपि टेलिफोन सम्वादमा बधाई साटासाट मात्र भएको देउवाका प्रमुख स्वकीय सचिव भानु देउवा जानकारी दिनुभयो ।

प्रचण्डले यसअघि नै संसद पुनर्स्थापना भए देउवालाई प्रधानमन्त्री स्वीकार्न बताउनु भएको थियो । त्यसअघि प्रचण्ड र नेपालले देउवालाई भेटेर केन्द्रदेखि प्रदेशसम्म सत्ता साझेदारीको प्रस्तावसमेत गर्नुभएको स्रोतको दावी छ । त्यसैले प्रचण्ड र देउवाबीच अहिले भएको वार्तालाई चासोका साथ हेरिएको छ ।

नेकपा अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनका लागि राष्ट्रिय सहमतिका साथ अघि बढ्ने अभिव्यक्ति दिनु भएको छ । नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायतसँग छलफल गरी समझदारीका साथ अघि बढ्ने प्रचण्डको भनाइ छ । प्रचण्डले बीबीसी नेपाली सेवासँग भन्नु भएको छ ‘राष्ट्रिय सहमति बनाउनेतिर मेरो जोड हुन्छ । राष्ट्रिय सहमतिबाट अगाडि नगइकन यो देशले शान्ति, स्थीरता र प्रगति नपाउने देखिइसक्यो ।

सबै राजनीतिक दलहरुको सहमतिबाट जे हुन्छ, त्यही हुन्छ ।’ उहाले आफूले भन्नुभयो प्रधानमन्त्रीमा दाबी नगर्ने बताउनुयभो । चितवनबाट आज काठमाडौं फर्किएलगत्तै दलहरुसँग राष्ट्रिय सहमति बनाउनका लागि छलफल चलाउने प्रचण्डको भनाइ छ । नेकपाको अर्को खेमाको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगसमेत छलफल गर्ने प्रचण्डले बताउनुभयो । यद्यपि ओलीसँग पार्टी एकता भने नहुने प्रचण्डको भनाइ छ ।