May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

झाँक्रीलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी, निवासबाहिर कार्यकर्ताको नारावाजी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समुहकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिका विषयमा प्रहरीबाट आफूलाई फोन गरेर सोधपुछ गरिएको झाँक्रीले बतायिन् ।उनको निवासबाहिर प्रहरी पु्गेपछि कार्यकर्ताले नारावाजी गर्न थालेका छन् ।झाँक्रीले आफूलाई पक्राउ गर्न प्रहरी आएकोबारे उनले तानाशाह ढल्ने बेला भएकोले आफूलाई पक्राउ गर्न खोजिएको टिप्पणी गरेकी छिन् ।

उनले मर्ने बेलामा कमिलाको पनि प्वाँख पलाउने भन्दै तानाशाह अन्त्य हुन लागेको टिप्पणी गरिन् उनले आफूलाई तर्साउनको लागि पक्राउ गर्न खोजिएको बताइन् । आफूले भाषणका क्रममा बालकोट, बानेश्वर लगायतमा ठाउँहरुको नाम लिएको विषयमा उनले यी ठाउँको नाम लिँदैमा कसैको इज्जत वा अस्मितामा हानी नपुग्ने दावी गरिन् ।

Advertisement