May 12, 2024, Sunday
३० बैशाख २०८१, आईतवार

धनकुटाका तीनै तहका जनप्रतिनिधि ओली समूहमा

धनकुटा । धनकुटाका नेकपा अध्यक्ष तथा विघटित प्रतिनिधिसभा सदस्य राजेन्द्र राईसहितका सबै जनप्रतिनिधि केपी ओली नेतृत्वको नेकपामा लागेका छन् ।

Advertisement

विघटित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुसहित जिल्लाका सात वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले संयुक्त विज्ञप्ति जारी गर्दै केपी ओली नेतृत्वको नेकपामा लागेका हुन् ।

नेकपा आन्तरिक विवाद पश्चात अहिले दुई समूहमा विभाजन भएको छ। पार्टीका शिर्ष नेताहरु दुई समूहमा विभाजन भएपछि नेता तथा कार्यकर्ता कता जाने भन्ने विषयमा मतभेद हुँदै आएको छ।

उपाध्यक्ष वामदेव गौतमले पुनः एकीकरणका लागि अपिल गरिरहँदा तटस्थ रहेका नेकपा धनकुटाका राजेन्द्र राईसहित धनकुटाका सबै जनप्रतिनिधि केपी ओली समूहमा खुलेका हुन।

जनताले ५ वर्षका लागि केपी ओली नेतृत्वमा सरकार चलाउन दिएको जनादेश विपरीत पार्टी नेतृत्वलाई अपदस्थ गर्ने र विधान विपरीत गणितीय खेलमार्फत् सत्ता कब्जा गर्ने तथा मुलुकलाई अस्थिरतातर्फ धकेल्ने गतिविधि सन्चालन भएको उनीहरुले बताएका छन् ।