April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

संसद विघटन अराजक र अराजनीतिक भएको भन्दै जनसांस्कृतिक महासंघद्वारा विरोध

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सांस्कृतिक संघहरुको छाता संगठन जनसांस्कृतिक महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक र अराजक रहेको भन्दै विरोध गरेको छ ।

Advertisement

महासंघले ठूलो संघर्षपछि प्राप्त राजनीतिक उपलब्धिलाई प्रधानमन्त्री ओलीले नष्ट गरेको बताउँदै उनको यो कदम प्रतिगमनकारी भएको आरोप लगाएको छ । पार्टीको मूल्य, विधि, पद्धती र सिद्धान्तलाई आत्मसात गर्दै प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोध गर्न महासंघले आफ्ना सबै घटक संगठनहरुलाई आह्वान समेत गरेको छ ।

महासंघले आइतबार आफ्ना सबै घटक संगठनसहित संयुक्त विज्ञप्ती निकाल्दै संसद विघटनको विरोध गरेको हो । सृजनात्मक प्रतिवादमार्फत् प्रधानमन्त्रीको कदमको विरोध गरिने पनि महासंघले जनाएको छ ।

महासंघ अन्तर्गत भाषा तथा लोक वार्ता, जनसाहित्य लेखक संघ, ललितकला परिषद्, चलचित्रकर्मी संघ, जनसंगीतकर्मी संघ, जननाट्यकर्मी संघ तथा समाज अध्ययन परिषद् गरि सातवटा संगठन रहेका छन् ।