May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

नेपालसमुहको स्थायी कमिटी बैठक सुरु

नेकपा एमालेका नेता माधवकुमार नेपालसमुहको स्थायी कमिटी बैठक सुरु भएको छ।

नेपालले आफू निकट स्थायी कमिटी सदस्यहरुको भर्चुअल बैठक बोलाएका हुन् । वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना, देशभर भइरहेको बाढी पहिरोको प्रकोप लगायतबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाल पक्षका स्थायी कमिटी सदस्य छलफलमा जुटेको बतायिएको छ। पछिल्लो समय प्रधानमन्त्री ओलीले ६ बुँदे प्रस्ताव राख्दै पार्टी एकताको आह्वान गरेका थिए।

Advertisement