May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

माधव नेपाल, देउवा र प्रचण्डबिच त्रिपक्षिय छलफल

विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच अहिले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागि छन् ।

काँग्रेस सभापति देउवा साढे तीन बजे कोटेश्वर पुगेका थिए। देउवा र नेपालबीच छलफल चलिरहेका बेला प्रचण्ड पनि कोटेश्वर पुगेका हुन्। प्रचण्ड सवा ५ बजे कोटेश्वर पुगेको स्रोतले बतायो।भेटमा सर्वोच्च अदालतले नेकपा एमालेबारे गरेको निर्णयले पार्नसक्ने प्रभाव, एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लगायतका विषयमा छलफल भएको बताइन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विपक्षी गठबन्धन आक्रामक रुपमा प्रस्तुत भइरहेका बेला सोमबार प्रमुख विपक्षी नेताहरुबीच यो छलफल भएको हो। तर, प्रदेश नम्बर १ र बागमती प्रदेशमा माधव समूहले एमालेका मुख्यमन्त्रीहरुलाई समर्थन गरेपछि विपक्षी गठबन्धनबाट नेता नेपाल अलगिने आकलन भइहरेका बेला यो वार्ता भएको हो।

Advertisement