May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

बालुवाटारमा प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्रीद्वय ओली र प्रचण्डबीच बैठक सुरु

प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको बैठकका लागि एमाले अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड केहीबेर अघि बालुवाटार पुगेका हुन ।

निवर्तमान प्रधानमन्त्री ओली प्रधानमन्त्री पदबाट बाहिरिएपछि औपचारिक बैठकका लागि आज पहिलो पटक बालुवाटार प्रवेश गरेका हुन। उनिहरु बिच पछिल्लो समसामयिक राजीतिका साथै मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसि) बारेमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

यस्तै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की र एमाले महासचिव शंकर पोखरेल पनि भेटवार्तामा सहभागी छन्। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार स्थानीय तहको निर्वाचन र एमसीसीका विषयमा छलफल भइरहेको छ । ओली र प्रचण्डसँग छलफलपछि सोमबारको मन्त्रिपरिषद बैठकबाट निर्वाचनको मिति तोक्ने प्रधानमन्त्री देउवाको तयारी छ ।

Advertisement