May 6, 2024, Monday
२४ बैशाख २०८१, सोमबार

उपाध्यक्षभन्दा मन दुखाउलान् भनेर मात्र प्रचण्डलाई अध्यक्ष दिएको हुँः केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई उपाध्यक्षभन्दा मन दुखाउलान् भनेर मात्र अध्यक्ष बनाएको प्रतिक्रिया दिएका छन् । आफू निकट संघीय सांसदहरुलाई बालुवाटारमा बोलाएर सम्बोधन गर्ने क्रममा यस्तो प्रतिक्रिया दिएका हुन् ।

Advertisement

यस्तै, उनले ताजा जनादेशमा जाने आफ्नो रहर नभएको पनि बताएका छन् । पार्टीभित्र आफूलाई घेराबन्दी गर्ने, देशी विदेशी शक्तिसँग मिलेर षड्यन्त्र गर्ने र सरकारलाई काम गर्न नदिने खेल भएपछि आफूले नयाँ जनादेशको निर्णय लिएको उनले बताएका छन् ।

संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट आफू निकट संघीय सांसदहरुलाई बालुवाटारमा बोलाएर सम्बोधन गरेका ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डको चर्को आलोचना गरे ।

अहिले पनि संसदीय दलको नेता र पार्टीको अध्यक्ष आफू भएको भन्दै उनले उपयुक्त समयमा संसदीय दल र केन्द्रीय कमिटीको बैठक बोलाउने बताएका छन् ।