May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

पूर्वबैंकरलाई चीनले मृत्युदण्ड दिने

पौष २३ । चीन सरकारले घुस खाएको र सरकारी पैसा हिनामिना गरेको भन्दै पूर्वबैंकरलाई मृत्युदण्ड दिने भएको छ । घुस खाएको, सरकारी पैसा हिनामिना गरेको आरोप लागेका सिआओमिनलाई तिआन्जिन अदालतले मृत्युदण्डको फैसला सुनाएको हो ।

राज्यनियन्त्रित चाइना होआरोङ एसेट म्यानेजमेन्टका अध्यक्ष समेत रहेका उनले १० वर्षमा १.७९ अर्ब युआन घुसबापत् लिएको बताइएको छ । त्यतिबेला उनी नियामकका रूपमा पनि काम गरिरहेका थिए । अदालतले सिआओमिनले धेरै रकम घुस लिन आफ्नो पदको दुरूपयोग गरेको निष्कर्ष निकालेको छ ।

उनले मानिसहरूलाई जागिर दिन, बढुवा गर्न र ठेक्का पार्न पनि घुस लिने गरेका थिए । सिआओमिनले राज्य कोषबाट २ करोड ५० लाख युआन हिनामिना गरेको अदालतले बताएको छ । सिआओमिनलाई सन् २०१८ को अप्रिलदेखि अनुसन्धान थालिएको थियो । त्यही बेला उनलाई चिनियाँ कम्युनिष्ट पार्टीबाट पनि निष्कासित गरिएको उल्लेख गरिएको छ ।

Advertisement