May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

प्रतिनिधि सभा विघटनविरूद्ध विपक्षी गठबन्धन सडक र अदालतमा लडाइँ लड्ने

काठमाडौं । नयाँ बानेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले प्रतिनिधि सभा विघटनविरूद्ध सडक र अदालतमा लडाइँ लड्ने निर्णय गरेका छन्।

Advertisement

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र–बाबुराम समूह) र राष्ट्रिय जनमोर्चाका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपतिले शुक्रबार राति चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी र अनैतिक भएको निष्कर्ष निकाल्दै प्रतिरोधका लागि आह्वान गरेको छन्।विज्ञप्तिमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड , माधवकुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सडकबाट पनि त्यसको प्रतिरोध हुने र सर्वोच्च अदालतमा पनि रिट दिने बताउनुभयो । हामी हिजोका सबै १४९ जनाको हस्ताक्षर लिएर सर्वोच्च अदालतमा रिट हाल्न जान्छौं,’ प्रचण्डले भन्नुभयो,‘अदालतले लोकतन्त्रको पक्षमा निर्णय गर्नेछ भन्ने हामीलाई विश्वास छ।

उहाँले सरकारले घोषणा गरेको कात्तिक(मंसिरको चुनावबारे के गर्ने भन्नेबारे निर्णय हुन बाँकी रहेको बताउनुभयो । यो गराउनका लागि घोषणा गरिएको चुनाव हो भन्ने हामीलाई लागेकै छैन। तर त्यसबारेमा के गर्ने भन्ने निर्णय गर्न बाँकी छ,’ प्रचण्डले भन्नुभयो ।