May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

खुराफात शीरोमणिहरूले पुन:जालझेल गर्ने दुष्प्रयास गरे प्रतिवाद गर्नुपर्छ- डा. बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि गरिएको प्रस्ताव टार्न खोजे प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ ।

Advertisement

१४९ सांसदले हस्ताक्षरसहित प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्न प्रस्ताव गरिसकेको भन्दै उहाँले राष्ट्रपतिले किन्तुपरन्तु /जालझेल गरी टार्न खोजे आमजनताले प्रतिवाद गर्ने चेतावनी दिनुभएको हो ।

सरकारमा दावी प्रस्तुत गर्दै देउवासहित विपक्षी गठवन्धनका नेताहरुसँगै शीतलनिवास पुग्नुभएका भट्टराईले त्यहीँबाट यस्तो चेतावनी दिनुभएको हो ।

ट्वीट गर्दै उहाँले भन्नुभएको छ, ‘धारा ७६ (२) बमोजिम१४९ सांसदले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रम नियुक्ति निम्ति गरेको प्रस्तावलाई कुनै किन्तुपरन्तु /जालझेल गरी टार्ने ठाउॅ छैन ।

खुराफात शीरोमणिहरूले पुन:जालझेल गर्ने दुष्प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित खबरदारी/प्रतिवाद गर्नुपर्छ है ।