May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

ओली पक्षमा लागेका बिग्रेका र कुच्चिएकाहरुले अब माओवादीमा फर्किनु पर्दैनः प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ओली पक्षमा लागेर मन्त्री भएका माओवादी नेताहरुले पार्टीमा नफर्किन भनेका छन् । बिग्रेका र कुच्चिएका भन्दै प्रचण्डले उनीहरु एमालेमै बसे हुने प्रतिक्रिया दिएका हुन् ।

Advertisement

रुपन्देहीमा आज भएको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा दाहालले एमाले अध्यक्ष केपी ओली पक्षतिर लागेर माओवादीबाट मन्त्री बनेकाहरूलाई दाहालले आफ्नो पार्टीमा नफर्कन भनेका हुन् ।

‘बदमासी गरेकालाई गृहमन्त्री बनाइयो, अरू पनि बिग्रेका कुच्चेकालाई फकाउँदाफकाउँदा हैरान भइयो,’ उनले भने, ‘त्यस्ता मान्छेलाई अब फकाउन छोड्या छु, ती फर्किन पर्दैन उतै बसे हुन्छ।’

तर, अब आफ्नै खुट्टामा उभिनुपर्ने दाहालको भनाइ छ। दुई–तीन वर्ष मेहनत गरे नम्बर वान पार्टी बनाउने तागत आफुहरुसँग भएको पनि उनले धारणा व्यक्त गरेका छन् ।

‘काठमाडौंमा फटाहाहरूसँग बस्दाबस्दा वाक्क दिक्क भइयो, आफ्नै ऊर्जा पनि खतम भयो। अब जिल्लातिर धेरै समय बिताउने छु,’ प्रचण्डले भने ।