May 8, 2024, Wednesday
२६ बैशाख २०८१, बुधबार

भीम रावललाई ओलीको जवाफ ‘तपाईं कुन पार्टीको हो भनेर सोध्नु नपरोस्’ !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भनेर सर्वोच्च अदालतले भनिसकेको बताएका छन् ।

Advertisement

आइतबार बसेको पुनःस्थापना पछिको पहिलो प्रतिनिधिसभा बैठकमा प्रचण्ड–नेपाल समूहका सांसद भीम रावलले एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्रीको पार्टी कुन हो भनेर प्रश्न उठेको बताएका थिए ।

प्रधानमन्त्रीको पार्टी कुन हो ? – भीम रावल

सोमबार आयोजित एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले रावलको नाम नलिई जवाफ दिएका छन् । आफू कुन पार्टीको सदस्य र अध्यक्ष हो भन्ने अदालतले भनिसकेको भन्दै ओलीले भने, ‘मैले उहाँहरुलाई सोध्न नपरोस्, तपाईं कुन पार्टीको हो ?’

आफूलाई प्रचण्ड–माधव समूहले नेकपाको साधारण सदस्यबाट निश्कासन गरेको स्मरण गर्दै ओलीले आफू त्यो पार्टीको सदस्य नभएको बताए । आफु कुन पार्टीको सदस्य हो भनेर सर्वोच्च अदालतले नै भनिसकेकोमा जोड दिए ।