May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

डा.भीम रावलद्वारा केन्द्रीय सदस्य पद अस्वीकार

काठमाडौं । नेकपा एमालेको नेता डा.भीम रावलले केन्द्रीय कमिटी सदस्यको शपथ लिन अस्वीकार गरेका छन् । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउँदा अध्यक्षका प्रत्यासी रावलले अस्वीकार गरेका हुन ।

Advertisement

पार्टीको महाधिवेशनस्थल सौराहामा पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाबाट शपथ लिए लगत्तै अध्यक्ष ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई शपथग्रहण गराएका थिय ।

नेता रावलले यसअघि नै केन्द्रीय सदस्यमा आफूले उम्मेदवारी नदिएको भन्दै पद अस्वीकार गर्ने बताएका थिए । साथै उपाध्यक्षमा पराजित भएका घनश्याम भुसालले भने केन्द्रीय सदस्य पदको सपथ लिएका छन् ।