May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

ओली समूहको आमसभाका कारण २३ गते दरबारमार्गका पसल बन्द

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली पक्षको आमसभाका कारण शुक्रबार काठमाडौंको दरबारमार्गका पसलहरु बन्द हुने भएका छन् ।

Advertisement

नेकपा ओली समूहले शुक्रबार नारायणहिटी संग्रहालयको मुख्य गेटमा मञ्च बनाएर आमसभा गर्न लागेपछि व्यापारीहरुले सो दिन व्यवसाय बन्द गर्ने भएका हुन् ।

यसअघि कुनै पनि राजनीतिक कार्यक्रम र हडतालको सामना गर्नु नपरेका दरबारमार्गका व्यवसायीहरु राजनीतिक सभा हुन लागेकोमा असन्तुष्ट छन् ।

व्यवसायीहरुले महानगरपालिका र प्रशासनसमक्ष दरबारमार्गमा आमसभा नगर्न आग्रहसमेत गरेका थिए, तर सरकारी पक्षको आमसभा उनीहरुले रोक्न सकेनन् ।

अन्ततः कार्यक्रम सार्न असफल भएपछि व्यवसायीहरुले २३ माघमा दरबार मार्गमा पसल व्यवसाय बन्द गर्ने निर्णयमा बताइएको छ ।