May 6, 2024, Monday
२४ बैशाख २०८१, सोमबार

पूर्ण इजलासमा पठाउने बारे निर्णय नगरी शुक्रबारलाई सर्‍यो प्रतिनिधिसभा विघटनको मुद्दा

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबारसम्मका लागि सरेको छ । बुधबार संवैधानिक इजलासमा भएको बहसमा सो मुद्दा वृहत् पूर्ण इजलासमा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय नगरि शुक्रबारलाई सरेको हो ।

Advertisement

दुवै पक्षका वकिलले बहस गरे पनि इजलासले कुनै निर्णय नगरी यही बहसलाई शुक्रबारको इजलासमा निरन्तरता दिने निर्णय गरेको हो ।

रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ता रमण श्रेष्ठले मुद्दा पूर्ण इजलासमा पठाउनु पर्ने बताएका थिए ।

तर, सरकारले मुद्दा पूर्ण इजलासमा पठाउन नहुने भन्दै निवदेन दिएको थियो ।