May 6, 2024, Monday
२४ बैशाख २०८१, सोमबार

प्रतिनिधिसभा विघटनविरुद्ध दाँत माझेर प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा विवेकशील पार्टीले काठमाडौंको माइतीघर मण्डलमा दाँत माझेर विरोध प्रदर्शन गरेको छ ।

‘असंवैधानिक संसद विघटन खारेज गर’ लेखिएको ब्यानर बोकेर प्रदर्शनमा उत्रिएका विवेकशील पार्टीका कार्यकर्ताले संसद विघटनको विरोधमा म‌गलबार दाँत माझेर प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि विवेकशीलले रचनात्मक शैलीमा फरक फरक तरिकाबाट विरोध प्रदर्शन गर्दै आएको छ ।

Advertisement