May 10, 2024, Friday
२८ बैशाख २०८१, शुक्रबार

कमरेडहरुले चौबिसै घण्टामा यसरी फेरे कुरा

हिजो मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी गठवन्धनमा उभिएका सूर्य चिन्हधारी दुई स्वतन्त्र सांसदले रातारात कित्ता परिवर्तन गरेका छन् । प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही रातारात युटर्न भएर सत्ताधारीकै पक्षमा फर्किएका हुन् ।

Advertisement

कपिलवस्तु २ (ख) बाट निर्वाचित श्रीवास्तव र नवलपरासी बर्दघाट सुस्ता पश्चिम १ (ख)बाट निर्वाचित शाही हिजो एकाएक मुख्यमन्त्री पोखरेलविरुद्ध उभिएका थिए । विपक्षी गठवन्धनमा सही धस्काएर हिजो प्रदेश प्रमुखको कार्यालय घेर्न गएका उनीहरु आज सबेरै अर्को कित्तामा पुगेका हुन् ।

उनीहरुले आज विज्ञप्ति निकालेर एमाले प्रदेशसभा दलमै प्रतिवद्ध रहेको बताएका छन् । विपक्षी गठवन्धनका तर्फबाट सरकार गठनका लागि गरिएको दाबीमा आफूहरुको हस्ताक्षर प्रस्तुत गरिएको भन्दै उनीहरुले बदनियत र त्रुटीपूर्ण भनेका छन् ।

मुख्यमन्त्री पोखरेलप्रति आफ्नो समर्थन रहेको प्रष्ट पार्दै उनीहरुले यसलाई कानुनी र नैतिक रुपले स्वभाविक भनेका छन् ।

संघीय सरकारको मन्त्री रहनुभएका हृदयेश त्रिपाठीको निर्देशनमा उनीहरु पोखरेलतिर फर्किएको अनुमान गरिएको छ । त्रिपाठी प्रधानमन्त्री केपी ओलीले मन पराएको पात्रका रुपमा चिनिनुहुन्छ ।

एमालेका एक से एक नेतालाई पछाडि पारेर आफूलाई काखी च्याप्ने प्रधानमन्त्री ओलीका विश्वासपात्रलाई संकट परेका बेला गुण तिर्न त्रिपाठीले रातारात दुई सांसदलाई मनाएको विश्लेषण गरिएको छ ।

सूर्य चिन्हबाट स्वतन्त्र सांसद जित्नुभएका त्रिपाठीलाई प्रधानमन्त्री ओलीले महत्वपूर्ण मन्त्रालयको जिम्मा दिनुभएको छ । janaastha