May 6, 2024, Monday
२४ बैशाख २०८१, सोमबार

प्रतिनिधिसभा विघटन खारेजीको माग गर्दै नेकपाकै सांसदले हाले सर्वोच्चमा रिट

काठमाडौं । प्रतिनिधिसभा विघटन खारेज गर्न माग गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै सांसदहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

Advertisement

नेकपाका सांसदहरु देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ र रामकुमारी झाँक्रीले मंगलबार सर्वोच्चमा रिट हालेका हुन् ।

रिटमा उनीहरुले प्रतिनिधिसभा विघटन गर्ने कदम गलत भएको उल्लेख गर्दै त्यसलाई खारेज गर्न माग गरेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्दा आफूहरु ५ वर्षसम्म नागरिकको प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको भन्दै उनीहरुले विघटन गर्ने काम उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेको एक सांसदले बताए ।